अमेरिकी समुदायमा नेपाली कला प्रदर्शन गर्ने अवसर, सहभागी हुन सबै नेपालीलाई अपिल
नेपाली राष्ट्रिय झण्डा (सांकेतिक तस्बिर)
वाशिङ्टन डिसी, अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको मन्ट्गोमरी काउण्टीले आयोजना गरेको थ्याङ्सगिभिङ परेड २०१९ (Thanksgiving Parade 2019) मा सहभागी भई आफ्नो कला कौशलता प्रदर्शन गर्न नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) ले सबै नेपालीलाई आग्रह गरेको छ ।
एनइसीसी, एन्पीपीए, एन्ओए, नेपाली पाठशाला अफ मेरिल्याण्ड, नेपाली राजदुतावास लगायत सम्पूर्ण नेपाली समुदायले सहभागिता जनाउन लागेको समेत जानकारी दिएको छ।
एनइसीसीले एक सूचना जारी गर्दै भनेको छ, उक्त ऐतिहासिक परेड मार्फत अमेरिकी समुदायमा नेपाली पन, नेपाली कला र संस्कृतिको प्रदर्शन पहिचान गराउने महत्वपूर्ण अवसरमा सहभागि भई दिनुहुन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछौँ।
कार्यक्रमबारे पूर्ण जानकारी तालिकामा
पोषाकः नेपाली पोषाक वा परम्परागत : जातजाती झल्काउने पोषाक
सम्पर्क : लोक तिवारीः 301-332-1427 पं. खिलराज पण्डितः 202-816-NECC (6322)
पार्किब्ग लगायत थप जानकारीका लागि : https://www.silverspringdowntown.com/montgomery-county-thanksgiving-parade/private-page

No ads found for this position

डिसी नेपाल
Facebook Comment