मिस वर्ल्ड प्रतियोगितामा भाग लिन अनुष्का श्रेष्ठ बेलायत प्रस्थान

डिसी नेपाल
४ मंसिर २०७६ १३:४३

काठमाडौँ ।   बेलायतमा हुन गइरहेको मिस वर्ल्ड प्रतियोगितामा सहभागि हुन मिस नेपाल अनुष्का श्रेष्ठ बेलायत प्रस्थान गरेकी छिन् ।

नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अनुष्का आगामी डिसेम्बरमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा सहभागि हुन बुधवार बिहान बेलायत प्रस्थान गरेकी हुन् ।

बेलायत प्रस्थान गर्नु अघि एयरपोर्टमा कुराकानी गर्दै उनले मिस वल्ड प्रतियोगितामा भोट गरिदिन सबैमा अपिल गरेकी छिन्।

मिस वर्ल्ड प्रतियोगिताको टप २० अर्थात मल्टिमिडिया अवार्ड जित्नको लागि धेरै भोटको आवश्यक पर्ने बताउँदै अनुष्काले सबैलाई भोट गरिदिन आग्रह गरेकी थिइन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *