नेपालआईस मिस पुर्वाञ्चलको दशौँ संस्करणको अडिसन सुरु

डिसी नेपाल
५ मंसिर २०७६ १२:०९

धरान । धरान र पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दशौँ संस्करणको पहिलो अडिसन धरानस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न भएको छ।

धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागि भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए।

धरानको अडिसनमा धरान, धनकुटा, तरहरा, इटहरी, बिराटनगर, बेलबारी र पथरीबाट प्रतियोगीहरु सहभागी भएका थिए।

अडिसनको निर्णयकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल, मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ्ग लिम्बु, मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन, मिस पुर्वान्चल २०१७ फर्स्ट रनर अप सिम्रन श्रेष्ठ र मिस पुर्वान्चल २०१८ फर्स्ट रनर अप अनिला क्षेत्री रहेका थिए।

सहभागीहरुको योग्यता, पर्फर्मेन्स अनुसार मिस पुर्वान्चल २०१९ को अन्तिम प्रर्तिस्पर्धाको लागि छानिने र त्यस्तै बिराटनगर, इटहरी र दमकमा समेत बिहिबार देखि आइतबार सम्म कलेज एक्टिभेशन र अडिसन गरिने सील्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *