मलाइकाले गरिन् यस्तो फैसला, सलमान रिसले आगो
मुम्बइ। सलमान खानका भाइ अरबाज खानकी पूर्वपत्नी मलाइका अरोरा पछिल्लो समय निकै चर्चामा छिन् । मलाइकाको यो चर्चाको कारण यदि सही हो भने यसले सलमान खानलाई तनाव हुन सक्ने निश्चित छ । मलाइका अहिले बउिड अभिनेता अर्जुन कपुरसँगको सम्बन्धका कारण चर्चामा छिन् । हाले लेक्मे फेबन विकमा यी दुईलाई सँगै देखियो । यो कार्यक्रममा यी दुईको भिडियो सामाजिक संजालमा निकै भाइरल भयो ।
यो भिडियोले खान परिवारमा खल्बली मच्चिएको छ । त्यसो त यी दुईको सम्बन्धको विषयले यसअघि पनि खान परिवारमा ठूलै हंगामा भएको थियो । खान परिवारको लागि सबैभन्दा ठूले झट्का त अब मलाइकाले दिने तयारीमा छिन् । उनले अर्जुनसँगको आफ्नो सम्बनधलाई आधिकारिक बनाउने अर्थात अर्जुनसँग बिहे गर्ने निर्णय गरेको बताइएको छ । मलाइका र अरबाजको २ वर्षअघि सम्बन्धविच्छेद भएको थियो । यो सम्बनधविच्छेदको कारण पनि अर्जुनलाई नै मानिएको थियो ।
अरबाजसँगको सम्बन्धविच्छेदको कारण अर्जुन भएको थाहा पाएपछि त्यतिबेलै सलमान कलाइकासँग धेरै रिसाएको बताइएको छ । अर्जुनसँगको सम्बन्ध त्यतिबेला उनीहरु दुवैले स्वीकार गरेका थिएनन् । हल्ला मात्र चल्दासमेत सलमान अत्यन्तै रिसाएको बताइएको थियो । हल्लामै यति धेरै रिसाएका सलमानलाई मलाइकाको अर्जुनसँग बिहे गर्ने निर्णयले ठूलो झट्का लाग्ने निश्चित छ । अर्कोतर्फ अर्जुनका पिता बोनी कपुर पनि यो सम्बन्धले खुसी छैनन् । सलमानसँग जोरी खोज्दा अर्जुनको करिअर संकटमा पर्न सक्ने भन्दै बोनीले पनि यो सम्बनधमा आपत्ति जनाएका थिए । पिताकै सल्लाहमा उतिबेला अर्जुनले मलाइकासँग सार्वजनिक ठाउँमा भेट्न बन्द गरेका थिए ।
विगत १ वर्षदेखि यी दुई सार्वजनिक ठाउँमा सँगै देखिएका थिएनन् । तर, अब अरबाज खान जर्जिया एन्ड्रियानी नामकी विदेशी युवतीसँग डेट गर्दैछन् । अरबाज र जर्जियाका सँगसँगै भएको तस्वीर छ्याप्छ्याप्ती भइसकेका छन् । यस्तो अवस्थामा मलाइकाले सोचेकी छिन् कि अरबाज अरु कसैसँग सम्बन्धमा छन् भने आफूले पनि नयाँ सम्बन्ध सुरु गर्न कुनै समस्या छैन । मलाइका पनि जर्जियासँग भेटिसकेकी छिन् ।
मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् । उनको १५ वर्षका छोरा अरहान पनि छन् । एक अन्तरवार्तामा मलाइकाले अर्जुनसँगको सम्बन्धको विषयमा भनेकी थिइन् ‘अर्जुन मेरो धेरै राम्रो साथी हुन् तर मानिसहरु हाम्रो सम्बन्धलाई गलत नाम दिइरहेका छन् जो सही होइन ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment