वीरगन्जबाट २७.७० तोला चाँदीसहित दुई जना पक्राउ

डिसी नेपाल
१७ कार्तिक २०८३ १९:३१

काठमाडौं । वीरगन्जमा भारतबाट राजस्व छलेर भित्र्याइएको २७.७० तोला चाँदीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा घर भएका अन्दाजी ३६ वर्षीय रामप्रकाश सर्राफ र बाराको गढीमाई गाउँपालिका–५ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ मा बस्ने अन्दाजी ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।

उनीहरूलाई वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियाबाट मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय छपकैयाबाट प्रहरी सहायक निरीक्षक भोगेन्द्र खत्रीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बीके ४४१७ नम्बरको भारतीय मोटरसाइकल रोकी खानतलासी गरेको थियो।

जाँचका क्रममा उक्त मोटरसाइकलमा सवार सर्राफ र सहनीको साथबाट २७.७० तोला चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

चाँदीसहित पक्राउ परेका दुवै जनालाई अहिले प्रहरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *