दलितका अधिकारका लागि गरिएका आन्दोलन सफल
कैलाली । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले जातीय भेदभाव तथा दलितका हकअधिकारका सवालमा सदियौँदेखि गरिएको आन्दोलन सफल भएको बताएका छन्।
दलित कल्याण संंघ काठमाडौँले धनगढीमा आयोजना गरेको ‘दलितका समस्या र समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठीमा उनले दलितका सवालमा उठेका मुद्दा मामिलाका विषयमा गरिएका आन्दोलनले धेरै कुरामा सफलता हासिल गरिसकेकाले यसमा निराश हुनुपर्ने नदेखिएको बताएका हुन्।
सभामुख थापाले नेपालको संविधानमा पनि दलितलाई दिने हकअधिकार विषयमा कहीँ कतै लेख्ने खाली ठाउँसमेत नछुटाएको उल्लेख गरे। उनले प्रत्येक वडादेखि लिएर प्रदेशसभा, राष्ट्रियसभा, प्रतिनिधिसभा, रोजगारी तथा वृद्धवृद्धाहरुलाई सम्मान गर्ने विषयलगायत विभिन्न स्थानमा दलित समुदायबाट पनि प्रतिनिधित्व हुने गरी नेतृत्व स्थापना भएको उल्लेख गरे।
दलित कल्याण संघका अध्यक्ष मोतीलाल नेपालीले नेपाली समाजमा जातीय छुवाछूत नेपाली सामन्तवादको उपज रहेको बताउँदै यसलाई परिवर्तन गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment