पौष १४ गतेसम्मको साप्ताहिक राशिफल

१० पौष २०७४

banner

जोतिषाचार्य: भानुराज अर्याल

मेष
लामो यात्राको संभावना प्रवल छ । साताको सुरुमा सोचेका कामहरु सजिलै पूरा हुनेछन । तापनि गलत कुरामा पनि खर्च होला।
सोमबार र मंगलबार त्यति राम्रो नहोला । पुराना कुराले मन खिन्न होला। साताको मध्य पछि परिस्थिति सप्रनेछ । साझेदारीहरु
बीचको अविश्वासको बिस्तारै सुध्रने भएकोले संयम राख्नु होला । पेसाकर्मीहरुको पदोन्नति हुने सम्भाबना प्रबल छ। नसोचिएको
ब्यक्तिको सहयोगबाट राम्रै लाभ हुनसक्छ । आमाको स्वास्थ्य भने १०(१५ दिनसम्म चिन्ताको बिषय हुनेछ । बिद्यार्थीहरुले
पढाईमा अलि बढी चनाखो हुनुपर्ने छ ।

बृष
शुरुवातमा काम सन्तोषप्रद नै हुनेछन् भने बिस्तारै जिम्मेवारी निकै बढेको अनुभव हुनेछ। ऋणबाट केही मात्रामा भए पनि राहत
महशुस हुनेछ । बढेको आम्दानीलाई बचतमा बदल्न अलि समय लाग्नेछ । पारिवारिक अशान्ति यो महिनाभर नै बढ्ने हुनाले
सावधान हुनु होला । माता पिताको स्वास्थ्य स्थिती  बिग्रन सक्छ।  तसर्थ समयमै सावधानि अपनाउनु होला। रोग र शारीरिक
विकारले दुख्ख दिन सक्नेछ। यो साता एक पछि अर्को समस्या र अफ्ठ्यारो परिस्थिति आईरहने छ जसबाट निस्कन मनको
उत्साहमा कमी आउन नदिनुहोला । बिपरित लिङगीको कुराले बदनामी हुनसक्छ । साताको अन्तिम तिर मोजमज्जामा ध्यान
जानेछ ।

मिथुन
झुटो आरोप लाग्न सक्नेछ । दाम्पत्य जीवनमा पनि केही किचलो हुनेछ।  तापनि प्रणय सुखमा कमी नहोला । आफ्नो कमजोरीले
घाटा हुनसक्ने हुनाले आफ्नो गोप्य कुरा नखोल्नुहोला । खानपानका कारण स्वास्थ्य बिग्रन सक्छ। पुराना नातेदारसँगको
भेटघाटले मन बिगत तिर जानेछ । जीवनसाथीसँग यो साताभरी नै मनमुटाब तथा बिबाद हुन सक्ने हुनाले सजग रहनुहोला।
बिद्यार्थीको पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। सोमबारपछि परिस्थिति निकै अनुकुल बन्नेछ ।
वादविवाद बच्नुहोला।

कर्कट
सन्तान पक्षबाट निकै सन्तोष रहला । सोमबारदेखि साता राम्रै बित्नेछ । सबैतिर व्यबस्था मिलाउन आफ्नो एकांकीपनबाट
बाहिर आउन जरुरी छ । सन्तानको भरथेगले केही सफलता दिनेछ। नियमित आम्दानीका स्रोतहरु बढ्नाले खुसी दिनेछ।
लग्नमा बसेको राहुको नकारात्म प्रभावबाट बच्न आध्यात्मिक चिन्तन वा ध्यान गर्नु राम्रो रहला । बादविवादबाट बच्ने प्रयास
गर्दा साथीभाई तथा परिवारको सहयोग पाइन सकिएला । जमघटले परिवारमा खुसीकै माहोल दिनेछ । व्यापारमा पनि राम्रै
फाइदा हुनेछ। तर प्रतिस्पर्धा भने कडा नै गर्नुपर्नेछ । शेयर बजारबाट ३(४ दिन टाढै रहनुहोला।

सिंह
आइतबारसम्म सामान्यतः समय राम्रै रहने छ भने जीवनसाथीको स्नेहले मन आनन्दित हुनेछ । सोमबारदेखि बुधबार अपरान्ह
सम्म सयंम राख्नु होला । हतारमा निर्णय गर्दा अरुले फाइदा उठाउने छन् भने मन नैराश्यता तिर जान सक्नेछ । मानसिक भ्रमले
लगानी डुब्ने सभांवना रहेकाले सावधान रहुनु होला। सहोदरबीच पनि वादविवाद र मनमुटाव हुनसक्ला । जमघटले
पारिवारिमा केही रमाइलो गराउला । खर्च कम गर्ने उपाय अपनाउँदा आफैंलाई राम्रो हुने छ । सवारी साधन चलाउँदा र सवारी नियम राम्ररी पालना गर्नुहोला । दाजुभाइबीचमा  सम्पत्तिको कुरामा केही विवाद आउन सक्छ । व्यवसायमा प्रतिस्पर्धा गर्नु परेता
पनि कामको प्रसंशा अवश्य नै हुनेछ । अनियन्त्रित खानपानले पेटमा समस्या निम्त्याउने सक्छ।

कन्या
साथीभाइको सर(सहयोगले राम्रै लाभ हुनेछ भने सम्पतिमा उल्लेखनीय वृद्धि हुने समय छ । साथीहरुको सहयोगले ठूलै काम गर्न
पनि मन जानेछ । मनोविनोदका लागि यात्रा गर्दा राम्रो हुनेछ। पारिवारिक खिचलो र आमाको स्वास्थ्यले मनमा खिन्नता
बढाउन सक्छ । प्रतिस्पर्धी व्यबसायबाट फाइदा होला । तर पैत्रिक सम्पत्तिमा विवाद वा भागबन्डा हुनसक्छ । आफूभन्दा सानाको
सफलता र प्रगतिका कुरा सुन्न पाइएला । सन्तान र सहोदरहरुलाई क्रोधी व्यबहार नगर्नु होला । साताको अन्तिम तिर खिन्नता
बढ्ने छ भने केही क्षति पनि हुने संभावना छ। तसर्थ सावधान रहनुहोला ।

तुला
रोकिएका कामहरु पुराहुने सम्भावना छ । आफ्नै पराक्रमले सम्पति जोडने बचत बढाउने राम्रो समय छ । साझेदारहरुको सहयोग
पनि राम्रै पाईने छ भने मौका पनि सही भएकाले कठिन काम पनि गर्ने सकिनेछ । आफ्नै दक्षताले कठिन परिस्थितीमा काबु
पाउन पनि सकिनेछ । काममा पदोन्नति वा स्थानान्तरणको अवसर पनि आउने छ । साथीभाई टाढिन सक्ने भएकोले
साथीभाईलाई पनि समय दिनु होला । दाम्पत्य सुखमा रमाउने समय छ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नेछ।
साताको शुरुमा केही शोकको समाचार सुन्नुपर्ला ।

बृश्चिक
दुबिधाले गर्दा सही कामको निर्णय गर्न नसकिएला । दीर्घकालीन रोग लाग्न सक्ने तथा दुर्घटना हुनसक्ने भएकोले १५(२० दिन
अति सतर्क रहनु होला । बोल्दा होस गुमाए परिवार तथा साथीभाई टाढिनेछन । पैत्रिक सम्पतिका कुरामा झै(झगडा हुनसक्छ भने
आफन्तहरुले कुरा काटनेछन । बेहोसीमा गरेका कामहरु दोहोर्याएर गर्नुपर्ला। छुच्चो बोल्नाले बानेको काम पनि बिग्रने छ भने
घाँटी तथा आँखामा केही समस्या आउन सक्छ । तसर्थ चनाखो रहनुहोला । समय कमजोर भएकोले संयमता अपनाउनु जरुरी छ ।
अनियन्त्रित खर्चले तनाव बढाउनेछ । बुधबारदेखि केही राहत महशुस होला।

धनु
अनेकथरी बिचारले मनमा प्रसस्त दुबिधा रहनेछ। नैराश्यताका कुराहरु आएपनि मनलाई कमजोर हुन नदिनुहोला। अपर्झट
आईपर्ने समस्या तथा बेअर्थका परिश्रमले खिन्नता भएपनि भाग्यले कामको प्रतिफल भने दिनेछ। बढेको आम्दानी मोजमज्जामा
खर्च हुनसक्नेछ । बैदेशिक व्यापारमा भने केही अवसर आउन सक्छ। माता पिताको स्वास्थ्यका बारेमा ध्यान दिन जरुरी छ।
बैवाहिक जीवनमा मधुरता ल्याउन क्रोध नियन्त्रणका साथै जीवन साथीको मनोभाव बुझ्नु पानि जरुरी छ । महत्वपूर्ण कामको
शुरुवात गर्ने बेला अझै भएको छैन। यात्राका लगि भने समय उपयुक्त छ।

मकर
बिचारपुर्वक नबोले दुख पाईनेछ । पठनपाठनका लागि बिदेशयात्राको संभावना प्रवल छ । कार्यकुशलताले मानसम्मान पाईनेछ ।
पेसाकर्मीहरुको पदोन्नतिको संभावना प्रवल छ । बिदेशयात्राको लागि समय उत्तम भएपनि यात्रा निकै खर्चिलो बन्नसक्छ । मन
मोजमज्जमा बढी रमाउला । परिश्रम अनुसारको लाभ पाईनेछ । बैदेशीक व्यवसाय शुरु गर्ने र पहिले भैरहेको व्यवसाय बढाउन यो
समय उत्तम छ । सोमबार र मंगलबार बिशेष दिन रहनेछ ।

कुम्भ
समय निकै अनुकुल भएकाले दीर्घकालीन योजनाहरु गर्दा राम्रो होला। शेयरबाट पनि मनग्यै फाइदा हुनेछ भने यश किर्ती बढ्नेछ। हर क्षेत्रमा सफलता पाईने संभावना प्रवल छ। पदोन्नती हुनुका साथै पुरस्कार प्रशंसा पाइनेछ। मान बढ्नुका साथै धार्मिक
तथा परोपकारी काम गर्ने अवसर पनि प्राप्त हुनेछ । धेरै स्रोतबाट आम्दानी बढ्नेछ । दिगो फाइदा हुने काममा लगानी गरिनेछ।
तपाँईका ईर्स्या गर्नेहरुले पनि सहयोग गर्नेछन् । गरिएका कामहरुको मूल्यांकन उच्च हुनेछ । तपाँईको जुझारुपना र लगनशिलताले
बिशेष फाईदा हुनेछ । सोमबार र मंगलबार बोल्दा सजगता अपनाउनु होला।

मिन
साताको शुरुमा मन मोजमज्जा तिर बढी जाला । नगदको अभावले धेरै कुरामा व्यवधान आउनेछ । आफूले जत्ति कोशिस गर्दा
पनि आशातित सफलता नपाई रहेको भान हुनेछ। चोटपटक र दुर्घटनामा परिने संभावना रहेकोले सजगता अपनाउनु होला ।
आफ्नो कमजोरीले गर्दा मानसम्मानमा कमी आउनेछ । धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। आमाको सहयोगले
अफ्ठ्यारो स्थितीबाट निस्कन सकिनेछ । कामको बोझले दिक्दारी महशुस गराउनेछ । सोमबार र मंगलबार सोचे अनुरुप केही
गर्न सकिनेछ । बोली(व्यवहारमा सजग रहनुहोला। पेटको स्वास्थ्यको ख्याल राख्नुहोला ।

जोतिषबारे थप जानकारीका लागि तलको ठेगानामा सम्पर्क राख्न सक्नुहुनेछ:

Leave a reply

HTML Tags are not supported

Post My Comment »