सुनसरीको दुहवीमा सडक दुर्घटनामा एकजनाको मृत्यु

डिसी नेपाल
१४ वैशाख २०८१ ७:४०

सुनसरी। कोशी राजमार्गको विराटनगर इटहरी सडक खण्डको दुहवीमा गएराती भएको सड्क दुर्घटनामा एक जना मजदुरको मृत्यु भएको छ।

ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ख ९२६९ न. को ट्रकले पैदलयात्रीलाइ ठक्कर दिएको थियो। ट्रकको ठक्करवाट घाइते भएका अन्दाजी २२ वर्षिय सिकेन्दर राम चमारको उपचारकालागी विराटनगरस्थित कोशी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

स्थानिय हुलास वाइर उधोगमा कार्यरत मृतक युवकको वारा जिल्ला गढिमाइ नगरपालिका वडा नम्बर ५ को रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *