विश्वकप क्रिकेटः भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

डिसी नेपाल
२७ असोज २०८० २१:२७

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार तेस्रो जित निकालेको छ । शनिबार अहमदाबादमा भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराउँदै तेस्रो जित हात पारेको हो ।

पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतका कप्तान रोहित शर्माले ८६ रन बनाए । ६३ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे । यस्तै श्रेयस ऐयरले ५३ रन बनाए । उनले ६२ बलमा ३ चौका र २ छक्का लगाए । विराट कोहली र शुभमन गीलले समान १६ १६ रन बनाए भने के एल राहुलले १९ रन बनाए । बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४२.५ अ‍ोभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो । पाकिस्तानको कप्तान बाबर आजमले ५० रन बनाए । उनले ५८ बलमा ७ चौका प्रहार गरे । यस्तै मोहम्मद रिजवान ४९ रनमा आउट भए । बलिङतर्फ भारतका जस्प्रित ब’मराह, मोहम्मद सिराज, हार्दिक पांड्या, कुलदिप यादव र रविन्द्र जडेजाले समान २२ विकेट लिए ।

भारत लगातार तेस्रो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तान भने तालिकाको चौथो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *