वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजका लागि चार खेलाडी थपेको छ। टोलीमा विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बमलाई समावेश गरिएको हो।
यसअघि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको थियो। जसमा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र आकास चन्द रहेका छन्।
मुख्य प्रशिक्षक मोन्टी देशाइले वेस्ट इन्डिज ‘ए’ को खेल विश्वकपको तयारीका लागि निकै राम्रो अवसर हुने बताएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment