आइपिएलमा आज कोलकोता र पञ्जाव खेल्दै

डिसी नेपाल
१४ वैशाख २०८१ ७:०१

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ। आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदैछ।

कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुँदैछ। जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ७ खेलमा ५ जितहासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ। कोलकोताले अहिलेसम्म २ खेलमा हार ब्यहोरेको छ।

त्यसैगरी पञ्जावले भने यस सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन। अहिलेसम्म खेलेका ८ खेलमा ६ खेलमा हार ब्यहोरेको पञ्जावले केवल २ खेलमा जित हासिल गरेको छ।

कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ। कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ। विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन्। त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन्।

त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ। कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ। गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो।

पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन्। उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन् ।

त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ।

आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *