बाहुबलीको तेस्रो भाग पनि निर्माण हुने

डिसी नेपाल
१९ साउन २०७५ १४:१०

एजेन्सी । किर्तिमानी बलिउड चलचित्र बाहुबलीको तेस्रो संस्करण पनि बन्ने भएको छ।

‘बाहुबली-द बिगिनिङ’ र ‘बाहुबली द कन्क्लुजन’ को सफलतापछि तेस्रो भागपनि निर्माण हुने भएको हो। नेटफ्लिक्स इन्डियाले ट्विटरमार्फत बाहुबलीको तेस्रो भाग निर्माण हुने औपचारिक जानकारी गराएको हो।

बाहुबलीको तेस्रो संस्करणमा दुबै फिल्ममा देखाइएको कथाको इतिहास प्रस्तुत गरिने बताइएको छ। २ संस्करणमा देखाइएको कथाको पछाडिको भाग तेस्रो संस्करणले समेटने छ अर्थात बाहुबलीमा शिवगामीको अघिल्लो यात्रालाई देखाइने छ।

शिवगामी एक विद्रोही केटीबाट एक चतुर र अद्वितीय रानी कसरी बनिन् भन्ने कथा तेस्रो संस्करणमा प्रस्तुत गरिनेछ।

बाहुबलीको तेस्रो संस्करणलाई ‘बाहुबली विफोर द बिगिनिङ’ नाम दिइएको छ। यो प्रिक्वेट आनन्द निलकन्ठनको किताब ‘द राइज अफ शिवगामी’ मा आधारित हुने बताइएको छ।

चलचित्रमा काम गर्ने कलाकारका बारेमा भने बताइएको छैन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *