कविता नेपाली बनिन् डान्सिङ सुपरस्टार
काठमाडौं । बुगीवुगी डान्सिङ्ग रियालिटी सोमा कविता नेपाली डान्सिङ्ग सुपरस्टार बनेकी छन्।
सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी हुन्।
एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनलमा २ प्रतिस्पर्धीलाई उछिन्दै कविताले उपाधी चुमेकी हुन्।
उपाधि मात्र जितिनन् त्योसंगै नगद २५ लाख पुरस्कार पनि जितेकी हुन्। फ्रस्ट रनरअप प्रगती पुन बनिन् भने सेकेन्ड रनरअप सरोज मोक्तान भए। प्रगतिले ६ लाख जितेकी छिन् भने सरोजले ४ लाख नगद पाएका छन्।
अनलाइन अडिसनमार्फत् देशभरबाट ३ हजार डान्सरहरु मध्ये कविताले सबैलाई उछिन्दै उपाधी जितेकी हुन्।
३ हजार मध्ये १ सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो। उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिएका थिए।
त्यसपछि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट ३ जना छनोट भएका हुन्।
भारतको सोनी टेलिभिजनसँगको सहकार्यमा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू आयोजना गरिरहेको हो।
उक्त कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए। ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा उत्कृष्ट डान्सर छनोट गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका डाइरेक्टर एलन श्रेष्ठ, कार्यक्रम प्रमुख सुरेश पौडेल, कोरियोग्राफरहरू, प्रशान्त तामाङ, रोहिया महर्जन रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment