मेलिना राईको स्वर रहेको गीत ‘डालीबाट फुलको थुंगा’ सार्वजनिक
काठमाडौँ । गायिका मेलिना राईको स्वर रहेको ‘डालीबाट फूल झरेपछि’ बोलेको गीतको भिडियो सार्वजनिक भएको छ।
गहिरो प्रेममा परेकी मायालुले प्रेमी टाढा भएमा बाच्न गाह्रो हुने भाव व्यक्त गरेको यो गीतमा शब्द नुतन भूसालको रहेको छ । सुनील मास्केको संगीत रहेको यो गीत नुतन कृती एल्बममा समावेश गरिएको छ।
मिनी खड्का र अनुराग मोक्तानले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई नुतन भूसालले नै निर्देशन गरेका हुन्। अनिलसिंह राजपुतले खिचेको म्युजिक भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन्।
गीतमा दुई शरीर एउटै मुटु एकै आत्मा भएपछि माया गर्ने मान्छेसँग छुट्नु परे स्वास समेत फेर्न नसक्ने प्रेममय भाव व्यक्त गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment