नेहा धूपिया: बिहेअघि नै गर्भवती थिइन् त ?

डिसी नेपाल
२२ साउन २०७५ ८:५४

काठमाडौं । पछिल्लो दिनमा बलिउडमा ब्याक टू ब्याक विवाह भए । यसैमध्ये अभिनेत्री नेहा धूपियाले पनि विवाह गरिन् । सुन्दरी अभिनेत्रीको रुपमा लिइने धूपियाले घरजम गरिन् । भारतीय सञ्चारमाध्यमका अनुसार नेहाले दिल्लीमा बिहे गरेकी हुन् । नेहा र अंगद पछिल्लो समयदेखि डेट गरिरहेका थिए । त्यस्तै केही दिनदेखि नेहा गर्भवती भएको खबर आएको छ ।

नेहा गर्भवती भएको खबर बिहे भएको केही दिनपछि आएको थियो । गर्भवतीको हल्ला चलिरहँदा पनि यी दुई चुप बसिरहेका छन् । दुवै खबरबाट बचिरहेका छन् । बितेको दिनमा नेहालाई एक इभेन्टमा यसबारे प्रश्न सोध्दा उनले जवाफ फर्काइनन् । उता उनका पति अंगदले पनि यस सवालको उत्तर दिएनन् ।

नेहाको पेट सामान्यभन्दा अलि ठूलो भएको र उनले पछिल्लो समय खुकुलो पहिरन लगाएकाले मानिसहरुले उनी गर्भवती भएको अनुमान लगाउन थालेका छन् । खैर जे होस्, केही समयपछि उनी गर्भवती भएको या नभएको आफैं खुल्नेछ । -एजन्सी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *