सलमान खानको “सुल्तान” चिनमा रिलिज हुँदै, भारतभन्दा ३ गुणा बढी स्क्रिनमा रिलिज हुने

डिसी नेपाल
२२ साउन २०७५ १०:२७

एजेन्सी। सलमान खान र अनुष्का शर्माको फिल्म सुल्तान चीनमा रिलिज हुने भएको छ । चिनियाँ बजारले सुदानलाई ११ हजार स्क्रिन दिएको छ । दुई वर्ष अघि यो फिल्म भारतमा ४ हजार स्क्रिनमा रिलिज भएको थियो । भारतको तुलनामा चीनमा फिल्मले झण्डै ३ गुणा बढी स्क्रिन पाएको छ ।

चीनमा ११ हजार स्क्रिनमा रिलिज हुने कुराको पुष्टि यशराजका अन्तर्राष्ट्रिय अपरेशनका भाइस प्रेसिडेन्ट अवतार पनेसरले दिएको भारतीय दैनिक भाष्करले लेखेको छ । फिल्म यहाँ चिनियाँ सबटाइटलसँग रिलिज हुनेछ । अवतारले भने ‘भारतीय फिल्मको लागि चीन नयाँ र विशाल बजार बनेको छ । भारतीय फिल्म यहाँ हिट भइरहेका छन् । यसले प्रमाणित गर्छ कि कलाको कुनै सीमा हुँदैन ।

निर्देशक अली अब्बास जफर पनि चीनमा रिलिजको कुराले निकै उत्साहित छन् । उनले भने ‘अब फिल्म नयाँ बजारमा रिलिज हुन्छ तब नयाँ उत्साह प्राप्त हुन्छ । चीन भारतीय फिल्मको लागि उदाउँदो बजार हो । ३१ अगष्टका दिन त्यहाँ सुल्तानले कस्तो प्रतिक्रिया पाउँछ त्यो हेर्न म निकै उत्साही छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *