भाइरल भिडियोः शाहरुखका छोरा पार्टीबाट निस्किँदा केटी पछि लागेपछि…

डिसी नेपाल
२२ साउन २०७५ १२:३७

मुम्बइ। शाहरुख खानका छोरा आर्यन खान आइतबार साथीहरुसँग पार्टीमा रमाइलो गरिरहेको अवस्थामा बान्द्रामा देखिए । आर्यनलाई देख्नासाथ मिडियाका फोटोग्राफर उनको पछि लागे ।

आर्यन फोटो खिचाउन रोकेनन् । तर जब आर्यन रेष्टुरेण्टबाट बाहिर निस्किए एक किशोरी उनको पछि लागिन्। ती किशोरी भिख माग्दै थिइन् उनी आर्यनलाई बोलाउँदै उनको पछिपछि उनको कारसम्म पुगिन् । कारमा बस्दाबस्दै आर्यनले ती किशोरीलाई केही पैसा दिए ।

आर्यनको यो भिडियो भाइरल भइरहेको छ । आर्यन पनि आफ्ना पिताको बाटोमा हिँडिरहेको देखिएका छन्। केही दिनअघि शाहरुखको पनि एउटा भिडियो आएको थियो । यो भिडियोमा शाहरुख पनि एक भिखारीको मद्दत गरिरहेको देखिएका थिए।

आर्यन पिता शाहरुखको हुबहु देखिन्छन् । २० वर्षका आर्यन क्यालिफोर्नियामा फिल्म निर्माणमा ग्रयाजुएसन गर्दैछन् । आर्यन बालकलाकारको रुपमा फिल्ममा देखिइसकेका छन् । उनी मार्शल आर्टका ब्ल्याक बेल्ट हुन् । उनले २०१० मा महाराष्ट्र तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जितेका थिए ।
हेर्नुहोस् भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *