प्रचारका लागि ‘मेरी मामु’ यूनिट मोफसलमा,  पूर्वमा पनि देखियो ७ वर्षीय आयुबको क्रेज

डिसी नेपाल
२३ साउन २०७५ ४:४७

काठमाडौं । भाद्र १५ गतेदेखी प्रदर्शनमा आउने चलचित्र ‘मेरी मामु’ यूनिट यतिबेला पूर्व पुगेको छ ।

निर्माता सन्तोष सेन, चलचित्रका मुख्य कलाकार ७ वर्षीय आयुब सेन, नायिका कुसुम गुरुङ लगायतको टीम पूर्वका विभिन्न सहर पुगेको हो । यसअघि काठमाडौंका बिभिन्न स्कूलहरुमा गएर चलचित्रका चलचित्रको बारेमा जानकारी दिएको यूनिट पछिल्लो एक सातादेखि मोफसल पब्लिसिटीमा लागेको हो । प्रोमोशनको क्रममा धरानका बिभिन्न स्कूलहरुमा चलचित्रमा समावेश ‘आमा’ बोलको गीत देखाईएको थियो । विद्यार्थीसंगै गीत हेरेका अभिभावकले बाल कलाकार आयुवको अभिनयको प्रशंशा गरे ।

धरानमा चर्चित डान्स सेन्टर ‘मुन लाईट डान्स सेन्टर’ले ‘मेरी मामु’यूनिटलाई सम्मान सहित स्वागत गरेका थिए । कार्यक्रममा मुन लाईट डान्स सेन्टरले आयोजना गरेको ‘समर क्याम्प २०१८’ को समापनमा उपस्थित ३०० बढी अभिभावकहरुको बिचमा ‘मेरी मामु’को टाईटल गीत देखाउनुका साथै कलाकार तथा भिजे शिशिर भण्डारीले आफ्नो रोचक प्रस्तुति पनि दिएका थिए ।

धरानका के.के. इन्टरनेशनल, दिपेन्दै प्रहरी स्कुल, पव्लिक हाईस्कुल, यु.एन कलेज र धरान इङलिस् बोर्डिंङ स्कुल लगायत अन्य प्लस टु र विद्यालयहरुमा ‘मेरी मामु’को यूनिट पुगेको थियो ।

धरानपछि चलचित्र यूनिट बिर्तामोडमा पुग्यो । बिर्तामोडका देवभूमि स्कूल, कन्काई हाईस्कूल, पूर्वान्चल हाईस्कूल, मनकामना कलेज लगायत अन्य स्कूल, कलेजहरुमा चलचित्रका कलाकारहरु चलचित्रको बारेमा जानकारी दिएका थिए ।

यस्तै ‘मेरी मामु’ टिम मंगलबार, बुधबार र बिहीबार दमक, इटहरी र बिराटनगरका बिभिन्न बिद्यालयमा पुग्नेछ ।

चलचित्र यूनिटले लागु गरेको मामुसंग थाईल्याण्ड टुरको बिषयमा धेरै बिद्यार्थीहरु र अभिभावकहरुले कौतुहला जनाएका छन् ।

सन्तोष सेन निर्मित ‘मेरी मामु’लाई यम थापाले लेखन तथा निर्देशन गरेका हुन । चलचित्रमा आयुब र कुसुमका अलावा अश्लेषा ठकुरी र सारुक ताम्राकार आदी कलाकारको पनि अभिनय रहेको छ । आशुसेन फिल्मस्ले यसअघि ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ जस्ता सफल चलचित्रहरु निर्माण गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *