यस्तो छ ज्याकलीनको फिटनेसको राज

डिसी नेपाल
२३ साउन २०७५ १३:३६

एजेन्सी। बलिउड फिट एण्ड हट अभिनेत्री मध्येकी एक ज्याकलीन फर्नांडिज आफ्नो रुटिन अनुसार शारीरिक अभ्यास गर्छिन्। त्यही कारण ज्यानलीनको शरीर निकै फिट देखिन्छ। उनको फिटनेस उनको फिल्ममा साफ देखिन्छ। आज हामी तपाइँलाई ज्याकलीनको फिटनेसका विषयमा जानकारी दिँदैछौं।

फिल्म ‘रेस-३’ फेम ज्याकलीन आफ्नो विहान सधैं एक कप चिया र पत्रिका पढेर सुरु गर्छिन्। त्यसपछि उनी जिम जान्छिन्। जसमा उनी ट्रेडमिल, वेट्स र स्कवैट्स गर्छिन्। त्यसबाहेक उनी दैनिक नियमित रुपमा पोल डान्स पनि गर्छिन्। पोल डान्स उनको नियमित रुटिनमा पर्छ। ज्याकलीनले पोल डान्स गरेको फोटो र भिडियो पनि सार्वजनिक भइसकेको छ।

उनले वरुण धवनसँग पोल डान्स गरेको भिडियो पनि सार्वजनिक भएको थियो। जुन निकै भाइरल भएको थियो। ज्याकलीनका अनुसार पोल डान्स गर्दा वजन कम हुन्छ भने थकान तनाव हुँदैन। त्यस बाहेक पोल डान्स र व्यायाम गर्दा मांसपेशी पनि बलियो। मलाइका अरोडा, शिल्पा शेट्टी, करीना कपुरकोजस्तै ज्याकलीन पनि योगा गर्छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *