‘शिरफूल’को ट्रेलर रिलिज, एक झलक झुल्किइन मरिश्का

डिसी नेपाल
२४ साउन २०७५ ४:०९

काठमाडौं । चलचित्र ‘शिरफूल’को ट्रेलर रिलिज भएको छ ।

मंसिर २१ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथै आदिवासी जनजाति संस्कृतिको झलक पनि देख्न सकिन्छ । चलचित्रलाई कमल एक्चाई मगरले निर्देशन गरेका हुन ।

मगर्स क्रियसन इन्भेस्टमेन्टको व्यानरमा फिल्मलाई आशिर्वाद पुनले निर्माण गरेका हुन् ।

यसअघि नै चलचित्रको ‘आज किन’ र शिर्ष गीत सार्वजनिक भइसकेको छ । जुन गीतलाई दर्शकले रुचाइसकेका छन् । उक्त गीतमा मरिश्का पोखरेलले कम्मर मर्काएकी छन् । सार्वजनिक ट्रेलरमा मरिष्कालाई एक झलक देखाईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *