अरु कलाकार फेर्न खोज्दा सलमानले गुमाए ठूलो फिल्म, सलमानको ठाउँमा शाहरुख

डिसी नेपाल
२४ साउन २०७५ ९:४२

मुम्बइ। सलमान खानले फिल्मका अरु कलाकार बदल्न खोज्दा आफैंले ठूलो फिल्म गुमाउनुपरेको छ । अब सलमान खानको ठाउँमा फिल्ममा शाहरुख खान हुनेछन् । चर्चित फिल्म सिरिज धुमको चौथो फिल्म ‘धुम ४’को लागि यशराज फिल्मसले सबैभन्दा पहिले सलमानलाई अफर गरेको खुलासा भएको छ । तर, फिल्ममा सलमानको शर्त यशराजलाई मन नपरेपछि उसले सलमानको सट्टा शाहरुखलाई लिएर फिल्म बनाउँदैछ ।

रिपोर्टका अनुसार यशराज अहिले ठूलो बजेटको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को फिनिसिङमा व्यस्त छ । ठग्स…को रिलिजसँगै यशराजले धुम ४ को सुटिङ सुरु गर्ने बताइएको छ । रिपोर्टमा अनुसार सलमानलाई यो फिल्म अफर भएको थियो । सलमानले यो फिल्म निकै मन पराएका थिए र गर्न चाहन्थे । तर उनले यशराजसँग केही शर्त राखे । सलमानका शर्तमध्ये सबैभन्दा ठूलो शर्त यो थियो कि उनी फिल्मका अन्य कलाकारमा ठूलो परिवर्तन गर्न चाहन्थे ।

यशराज भने फिल्मको स्टारकास्ट फेर्ने पक्षमा थिएन । उनीहरु ओरिजिनल स्टारकास्टसँग नै फिल्म गर्न चाहन्थे । यही कारण दुई पक्षबीच कुरा मिलेन । अब यशराजले फिल्मको लागि शाहरुखसहित बाँकी स्टारकास्ट फाइनल गरेर सुटिङ अगाडि बढाउने तयारी गरिरहेको छ । शाहरुख अहिले फिल्म जीरो मा व्यस्त छन् जसमा उनी होचो कदको व्यत्तिःको रुपमा देखिँदैछन् । यो फिल्म डिसेम्बरमा रिलिज हुँदैछ । जीरोपछि शाहरुखसँग कुनै फिल्म छैन । सेल्युट फिल्ममा शाहरुख हुने चर्चा चले पनि आधिकारिक घोषणा भएको छैन । यसकारण शाहरुखको अर्को फिल्म धुम नै हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *