बलिउडका खतरनाक खलनायक अमरिश पूरीका नाती बलिउडमा डेब्यू गर्दै, भिलेन बन्लान् कि हिरो ?

डिसी नेपाल
२४ साउन २०७५ १०:३७

मुम्बइ। बलिउडमा सबैभन्दा खतरनाक खलनायक अमरिश पूरीका नाती वर्धन पूरी बलिउडमा डेब्यू गर्दैछन् । वर्धन आफ्ना हजुरबुवाको कामलाई अगाडि बढाउन चाहन्छन् । वर्धन निर्माता जयन्तीला गाडाको फिल्मबाट डेब्यू गर्नेछन् । यो एउटा रोमान्टिक थ्रिलर फिल्म हुनेछ । आफ्नो रोलको लागि उनी तालिम लिँदैछन् । फिल्मको लिड हिरोइन पनि फाइनल भइसकेको छ । फिल्मको सुटिङ सेप्टेम्बरमा सुरु हुनेछ ।

यसअघि वर्धनले फिल्म इशकजादे र दावत ए इश्कको लागि हबिब फैसल र शुद्ध देसी रोमान्सको लागि मनीष शर्माको असिस्टेन्ट भएर काम गरिसकेका छन् । एक फिल्मी वेबसाइटलाई अन्तरवार्ता दिँदै उनले भनेका छन् ‘म पिरियड ड्रामाबाट डेब्यू गर्न चाहन्थें । तर कुनै कारणवश यस्तो हुन सकेन । त्यसपछि जयन्ती दाईले मलाई यो अफर गर्नुभयो । मलाई कहानी मन पर्यो र मैले तत्कालै स्वीकार गरें ।’ वर्धनले आफ्ना हजुरबुवाका गुरु तथा राष्ट्रिय पुरस्कार जित्ने अभिनेता सत्यमेव दूवेसँग तालिम लिँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *