श्रद्धासँग ब्रेकअप पछि शिवानीसँग रोमान्समा मस्त फरहान

डिसी नेपाल
२४ साउन २०७५ १२:२४

मुम्बई – पत्नी अधुनासँग डिभोर्स गरेपछि बलिउड अभिनेता फरहान अख्तरले लामो समयसम्म श्रद्धा कपूरसँग डेट गरे । यहाँसम्म कि, फरहानले श्रद्धालाई अधुनाका बारेमा पनि बताएका थिए । तर अचानक श्रद्धाले फरहानलाई इन्स्टाग्राममा अनफलो गरिन् । त्यसपछि धेरैलाई लाग्यो, यी दुईको ब्रेकअप भयो ।

अहिले खबर आएको छ कि, फरहानको जिन्दगीमा श्रद्धासँगको जीवनका कैयन् अरु कुराहरु पनि बाहिरिन थालेका छन् ।

तर, यतिबेला भने फरहान ३७ वर्षीय गायिका तथा कलाकार शिवानी दान्डेकरसँग डेट गरिरहेका छन् । यी दुई एकसाथ पनि धेरै देखिने गर्छन् । एकअर्कालाई तीन वर्षदेखि जान्दै आएको भारतीय समाचारहरुले लेखेका छन् ।

त्यसो त श्रद्धा कपुरको नाम पहिले आदित्य राय कपूरसँग पनि जोडिएर आउँथ्यो । पछि दुवैले यसको खण्डन गरेका थिए । समाचारका अनुसार श्रद्धाको परिवारलाई फरहानको सम्बन्ध राम्रो लागेको थिएन । किनकि, फरहान विवाहित हुन् र दुई बच्चाका पिता पनि हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *