छोराको जन्मदिन मनाउन नपाएपछि सोनालीले लेखिन् मन छुने सन्देश, पढ्दा आउनेछ आँसु

डिसी नेपाल
२६ साउन २०७५ १३:१८

एजेन्सी। बलिउड अभिनेत्री सोनाली बेन्द्रेले अहिले अमेरिकाको न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेकी छिन् । यही बीचमा उनले आफ्नो छोराको १३ औं जन्मदिनमा सामाजिक संजालमार्फत एक सन्देश पोस्ट गरेकी छिन् । सोनालीले लेखेकी छिन् ‘रणवीर मेरो सूर्य, मेरो जून, मेरो तारा र मेरो आकाश। शायद म केही बढी नै नाटकीय र भावुक भइरहेकी छु तर तिम्रो १३ औं जन्मदिनको लागि यो सबै उपयुक्त छ।’

‘वाउ, अन्ततः तिमी किशोर (टिनएजर) भएका छौ। मलाई थोरै समय चाहिन्छ, म यो कुरा मेरो दिमागमा राखुँ कि अब तिमी टिनएजर हौ । म तिमीलाई बताउन सक्दिन कि मलाई तिमीमाथि कति गर्वछ। तिम्रो बुद्धिमानी, विवेक, शक्ति, दयालुता र चकचकेपनमा। ह्याप्पी बर्थडे माइ ‘नट सो लिटिल वन’ । यस्तो पहिलो पटक भएको छ जब हामी दुई सँगै छैनौं। म तिमीलाई धेरै मिस गरिरहेकी छु। तिम्रो लागि धेरै माया।’

क्यान्सरको उपचारको बीचमा सोनाली धेरै किताबहरु पढिरहेकी छिन् । उनको एक फोटो पनि सार्वजनिक भएको थियो जसमा सोनाली एक बुक स्टोरमा देखिएकी थिइन् । फोटोमा सोनालीको हातमा किताब थियो । केही दिन पहिले उनका साथीहरुले पनि सोनालीलाई धेरै किताबहरु गिफ्ट दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *