शाहरुखले छोरीलाई भंसालीको फिल्मबाट बलिउडमा डेब्यू गराउदै, करन जोहरलाई रिजेक्ट !

डिसी नेपाल
२९ साउन २०७५ १२:१५

एजेन्सी, साउन २८, यस्तो लाग्छ कि करण जोहार र सञ्जय लिला भसांली जस्ता ठूलो निर्देशकले पछिल्लो समय स्टार कलाकारका छोरा छोरी लञ्च गर्ने ठेक्का लिएका छन् ।

भारतीय मिडियाहरुले जनाएअनुसार अभिनेता शाहरुख खानकी छोरी सुहानालाई सञ्जय लीला भंसालीलले बलिउडमा डेब्यू गराउने भएका छन् ।
यद्यपी शाहरुखले भने आफ्नी छोरी पहिले पढाई पूरा गर्ने बताएका छन् । तर, सुहानाले भने एक अन्तराष्ट्रिय पत्रिकाको भारतीय संस्करणका लागि फोटो शुट गराएकी छन् । यसपछि उनले फिल्ममा आउने चर्चा बढेको छ ।

सुत्रका अनुसार शाहरुख आफ्नी छोरी सुहानालाई कोही ठूला निर्देशकले डेब्यू गराउने चाहना प्रकट गरेका छन् ।

यसैगरी सुहानालाई डेब्यू गराउँदा करण जौहर र सुजाय घोषको नाम पनि आउँदैछन् । उनीहरुले पनि सुहानालार्इ ड्ब्यू गराउने खबर अाइरहेका बेला शाहरुखले भने सञ्जयकै मुख ताकेका छन् । शाहरुख सञ्जय लीला भंसालीले उनकी छोरीलाई डेब्यू गराउन् भन्ने चाहन्छन् । किनकी संजयले एकपछि अर्को हिट फिल्म बलिउडमा दिइरहेका छन् ।

खबरका अनुसार सुहाना आफ्नो डेब्यू फिल्ममा परम्परा लव स्टोरी गर्न चाहदिनन् । उनी केही अलग अन्दाजको कहानीमा पर्दामा उत्रिन चाहन्छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *