सलमान खानको घर बेहुली बनेर भित्रीदै छिन् यि सुन्दरी ! हेर्नुहोस् १० तस्विर

डिसी नेपाल
३ भदौ २०७५ १०:०६

मुम्बइ। प्रियंका चोपडा र निक जोनस तथा दीपिका पादुकोण र रणवीर सिंहको बिहेको चर्चाको बीचमा अर्को ठूलो बिहेको खबर चर्चामा आएको छ । मिडिया रिपोर्टका अनुसार अर्को बिहे सलमान खानको घरमा हुँदैछ । तर, सलमान खान आफैं बेहुला बन्न लागेका भने होइनन् । सलमान नभइ सलमानका भाइ अरबाज खान बेहुला बन्न लागेका हुन् । अरबाजले आफ्नी गर्लफ्रेण्ड जर्जियासँग बिहे गर्ने भएका छन् ।

विगत केही समयदेखि अरबाज जर्जिया एड्रियानीसँग देखिएका छन् । यी दुईलाई धेरै पटक सार्वजनिक कार्यक्रममा देखिएको छ । अरबाजले मलाइका अरोरासँग सम्बन्धविच्छेद गरेर १८ वर्ष पुरानो सम्बन्ध तोडेका थिए । बिहेको खबरका विषयमा खान परिवारले अहिलेसम्म केही बोलेको छैन । केही दिनअघि अरबाजले जर्जियासँगै आफ्नो ५१ औं जन्मदिन मनाएका थिए । जर्जियाले अरबाजसँगका केही तस्वीर समेत शेयर गरेकी थिइन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *