दीपिका र प्रियंकालाई पछार्दै पहिलो नम्बरमा आईन् श्रद्धा कपुर

डिसी नेपाल
३ भदौ २०७५ ११:२४

एजेन्सी । अभिनेत्री श्रद्धा कपुर इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय बलिउड सेलिब्रिटी बनेकी छन् । उनले बलिउडका चर्चित नायिका दीपिका पादुकोण, प्रियंका चोपडालाई पछार्दे सर्वाधिक लोकप्रिय बन्न सफल भएकी हुन् ।

एजेन्सीले गरेको अध्ययनले फ्यान फलोइङ, लाइक्स, कमेन्ट आदिका आधारमा नायिकाहरुको लोकप्रियता मापन गरेको थियो । अघिल्लो वर्ष सातौं नम्बरमा रहेकी श्रद्धा एकैचोटि एक नम्बरमा उक्लेकी हुन् । अघिल्लो वर्ष पहिलो नम्बरमा रहेकी प्रियंका चोपडा भने यसपाली चौंथो नम्बरमा झरेकी छन् ।

दोस्रो स्थानमा आलिया भट्ट छिन् भने तेस्रो स्थानमा दीपिका पादुकोण छिन् । र्‍याङ्किङमा श्रद्धालाई १०० अंक प्राप्त भएको छ । आलियालाई ८५ र दीपिकालाई ६८ अंक प्राप्त भएको छ । यसैगरी प्रियंकाले ६५ अंक पाएकी छन् ।श्रद्धाले राजकुमार रावसँग अभिनय गरेको फिल्म ‘स्त्री’ र शाहिद कपुरसँग अभिनय गरेको फिल्म ‘बत्ती गुल मिटर चालु’ मा काम गरेपछि एकाएक लोकप्रिय हुन सफल भएकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *