प्रियंका मात्र होइन यी ७ बलिउड सुन्दरीहरुले पनि रोजे विदेशी प्रेमी

डिसी नेपाल
३ भदौ २०७५ १२:३३

मुम्बइ। अहिले बलिउडमा प्रियंका चोपडाको बिहेको निकै चर्चा छ । उनले अमेरिकी गायकलाई विवाहको लागि रोजेपछि उनको चर्चा बढेको हो । के भारतमा उनको लागि योग्य कोही थिएनन् र भन्ने प्रश्न उठिरहेको छ । तर, प्रियंका पहिलो बलिउड अभिनेत्री होइनन् जसले देबाहिर प्रेम रोजिन् । बलिउडमा प्रियंकाजस्ता धेरै अभिनेत्री छन् ।

बलिउडमा धेरै अभिनेत्रीहरु छन् जसले देशबाहिर प्रेम खोजेका छन् । यी देसी गर्लका बेलायती बाबु कोही खेलाडी हुन्, कोही व्यवसायी त कोही हलिउडमा छन् । यीमध्ये पनि केही जोडीको विवाह भइसकेको छ भने केहीको विवाह हुन बाँकी छ र प्रेममै छन् । आउनुहोस् कुरा गरौं बलिउडका ती ७ सुन्दरीको जसले विदेशमा प्रेम रोजे ।

दक्षिण भारतीय फिल्मबाट आएर बलिउडमा आफ्नो पहिचान बनाएकी तापसी पन्नु डेनमार्कका ब्याडमिन्टन खेलाडी म्याथिस बोएसँग विगत ४ वर्षदेखि सम्बन्धमा छिन् । यिनीहरुको बिहे भने भइसकेको छैन ।

प्रिती जिन्टाले अमेरिकी बैंकर जेन गुडनफसँग २०१६ मा विवाह गरिन् । विवाह लस एन्जल्समा भारतीय रितिअनुसार भयो ।

अर्की बलिउड सुन्दरी श्रुती हसन पनि लण्डनका थिएटर आर्टिस्ट माइकल कर्सेलसँग प्रेममा छिन् ।

बलिउड अभिनेत्री सेलिना जेटलीले अष्ट्रियाका व्यवसायी पिटर हगसँग बिहे गरिन् । उनीहरुका तीन सन्तान छन् ।

इलियाना डिक्रुज अस्ट्रेलियाका फोटोग्राफर एन्ड्रयू निबोनसँग प्रेममा छिन् । यिनीहरुले गोप्य बिहे गरिसकेको हल्ला चले पनि पुष्टि भएको छैन ।

श्रीया सरणले रुसी टेनिस खेलाडी आन्द्रेइ कोश्चिभसँग यही मार्चमा बिहे गरिन् ।

राधिका आप्टेले बेलायतका संगीतकार बेनडिक्ट टेलरसँग २०१२ मा विवाह गरेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *