कमेडी छोडेर फिल्म निर्देशन तिर लागे कपिल शर्मा, ‘सन अफ मजित सिंह’ लिएर आउँदै

डिसी नेपाल
३ भदौ २०७५ १२:४६

मुम्बई – सानो पर्दामा कमेडियनका रुपमा चर्चित कपिल शर्माले फिल्म प्रोडक्सन हाउसमा पाइला राखेका छन् । कपिलले स्वयम् ट्वीटरमार्फत यो कुराको जानकारी गराएका हुन् । उनले फिल्म ‘सन अफ मजित सिंह’ लिएर आउँदैछन् ।

खबरका अनुसार यो फिल्म उनले सुमित सिंहसँग मिलेर निर्माण गर्दैछन् । फिल्म १२ अक्टुबरमा रिलिज हुनेछ भने फिल्मका निर्देशक विक्रम ग्रोबर हुन् ।

कपिल शर्मा लामो समयदेखि मिडियादेखि टाढा छन् । रिपोर्टका अनुसार उनी बिरामी थिए । र, विदेशमा उपचार गराइरहेका थिए । सामाजिक सञ्जालमा भने कपिलका तस्वीर र पोस्ट आइरहन्थे ।

केही तस्वीरमा उनी डिप्रेसनमा परेको पनि देखाइएको थियो । अहिले भने उनी फिल्ममा नै ध्यान दिइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *