श्रीदेबीकी छोरी जान्हवीसँग रोमान्स गर्दै सिद्धार्थ मल्होत्रा

डिसी नेपाल
३ भदौ २०७५ १४:२९

एजेन्सी । निर्माता तथा निर्देशक करण जोहरले सन् २००८ मा प्रदर्शन भएको फिल्म ‘दोस्ताना’ को सिक्वेल बनाउने भएका छन् । भारतिय मिडियाका अनुसार यो फिल्ममा सिद्धार्थ मल्होत्रा र जान्हवी कपूरले अभिनय गर्ने भएका छन् । जोहारले फिल्म ‘दोस्ताना’को स्क्रिप्ट तयार भएसँगै अब यस फिल्मको निर्माण गर्ने घोषणा गरिएको छ ।

सिद्धार्थ मल्होत्रा र जान्हवी कपूर फिल्ममा फाइनल भए पनि फिल्मको तेस्रो मुख्य अभिनेता फाइनल नभएको बताएउको छ । यस अघि ‘दोस्ताना’ फिल्ममा पनि दुईजना अभिनेता र एक अभिनेत्रीको मुख्य भूमिका रहको थियो । यसअघि फिल्म ‘दोस्ताना’ का निर्देशक तरुण मनसुखनीले नै ‘दोस्ताना २’ को निर्देशन गर्नेछन ।

तर फिल्मको कहानी र पात्रहरु भने पहिलो फिल्मको भन्दा फरक हुनेछ । यस अघिको फिल्ममा जोन अब्राहम, अभिषेक बच्चन र प्रियंका चोपडाको अभिनय रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *