अमिताभ बच्चनकी नातितीको अगाडी सुपरस्टारका छोरीहरु फिक्का, हेर्नुहोस् तस्बिर

डिसी नेपाल
४ भदौ २०७५ १४:४२

मुम्बइ। पछिल्लो केही समय बलिउडमा धेरै स्टारकिड भित्रिएका छन् । हालै श्रीदेवीकी छोरी जाह्नवीको फिल्म रिलिज भयो । सैफ अली खानकी छोरी साराका २ ठूलो बजेटका फिल्म आउँदैछन् । चंकी पाण्डेकी छोरीले बलिउड डेब्यू गर्दै गर्दा शाहरुखकी छोरी सुहाना पनि डेब्यूको तयारीमा छिन् । यही बीचमा अहिले अमिताभ बच्चनकी नातिनी नव्या नवेली चर्चामा आएकी छिन् । नव्या नवेलीले आफ्नी आमा श्वेता नन्दासँग एउटा फोटोसुट गराएकी छिन् ।

फोटोशुटमा नव्याको स्टाइल हेर्दा उनले अरु स्टारकिडलाई बिर्सादिन्छिन् । २१ वर्षकी नव्याले एमएक्सएस नामको कपडाको ब्राण्डको लागि फोटोसुट गराएकी हुन् । नव्याको यो भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । श्वेता बच्चनले यो फोटोसुटको बिहाइण्ड द सिन भिडियो शेयर गरेकी हुन् । भिडियोमा आमाछोरीलाई पोज दिइरहेको देख्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *