आकाशको जोडी आश्मा बन्दा विल्सनको जोडी बनिन् पूजा

डिसी नेपाल
५ भदौ २०७५ ३:०४

काठमाडौं। चलचित्र ‘ड्रिम गर्ल’मा समावेश दोस्रो गीत सार्वजनिक भएको छ ।

अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर रहेको ‘फुल टिपेर…’ बोलको गीतमा कलाकारहरु आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन बिक्रम राई, पूजा पराजुली लगायतलाई देखाईएको छ ।

चलचित्रका निर्देशक ऋषि राज आचार्यको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन् । असोज १९ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा आकाश श्रेष्ठ, विल्सन बिक्रम राई, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरि, निर्मल शर्मा, सुरबीर पण्डित, पूजा पराजुली , शिशिर भण्डारी, तुलसी श्रेष्ठ, रुपा सुबेदी, सुशील पोखरेल, रश्मि भट्ट, कोपिला थापा, सशांक बोहोरा, दीपक आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।

राहुल राई र रामेश्वर हुमागाईंले खिचेको चलचित्रलाई अर्जुन शर्मा, ऋषि राज आचार्य र रामेश्वर धितालले मिलेर बनाएका हुन् । चलचित्रमा नबिन निरौलाको सम्पादन रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *