बलिउड अभिनेत्री सुजाता कुमारको निधन

डिसी नेपाल
५ भदौ २०७५ १५:५५

एजेन्सी । बलिउड अभिनेत्री सुजाता कुमारको निधन । फिल्म ‘इग्लिश विग्लिस’की यी अभिनेत्री लामो समयदेखि क्यान्सर रोजसँग जुध्दै आएकी थिइन् । उनको उपचारको क्रममै निधन भएको हो । उनी पछिल्लो चलचित्र ‘इग्लिश विग्लिस’ हो ।

निर्देशक शेखर कपुरको श्रीमती सुजाता कुमारको निधनको खबर बहिनी सुचित्रा कृष्णामुर्तिले ट्वीटरबाट सार्वजनिक गरेकी हुन् । सुचित्रा अभिनेत्री र चर्चित गायिका पनि हुन् ।

फिल्म ‘इग्लिश विग्लिस’मा सुजाताले अभिनेत्री श्रीदेवीको बहिनीको भुमिका निर्बाह गरेकी थिइन् । चौथो स्टेजमा क्यान्सर पुगेको कारण सुजाताको शरिरको केही अंगले काम गर्न छोडिसकेको थियो ।

‘इग्लिश विग्लिस’ पहिला आफ्नो साथमा कुनै राम्रो चलचित्र नआएको सुजाताले केही पहिले अन्तर्वाताको क्रममा बताएकी थिइन् । उनले ‘गोरी तेरे प्यार मे’ र ‘रांझना’मा पनि काम गरेकी थिइन् । चलचित्रको बाहेक उनले टिभी सिरियलमा पनि काम गरेकी छन् ।

सुजाताले स्टार वानको शो ‘होटल किंगस्टन’ र अनिल कपुरको शो ‘२४’मा पनि काम गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *