कुनै समय अमिताभ बच्चनभन्दा बढी पारिश्रमिक लिन्थे यी साउथ सुपरस्टार

डिसी नेपाल
६ भदौ २०७५ १४:३५

एजेन्सी । साउड इण्डियाका सुपरस्टार चिरिंजवीको जन्म सन् १९५५ अगष्ट २२ अर्थात आजकै दिन भएको थियो। उका पिता कन्सटेबल थिए।

उनको बाल्यकाल गाउँमा बितेको थियो। उनी बाल्यकालदेखि नै अभिनयमा रुची राख्ने गर्दथे। चिरंजीवी एकमात्र यस्ता बलिउड अभिनेता हुन्, जसले सिंगल, डबल र ट्रिपल रोल भएको फिल्मले सय दिनसम्म बक्स अफिसमा बारोबार गर्ने रेकर्ड बनाएका छन्।

उनी साउथ फिल्म इंडस्ट्रीमा पहिलो यस्तो स्टार हुन्, जसलाई सन् १९८७ मा आस्कर एकेडेमीले आफ्नो समारोहमा आमन्त्रित गरेको थियो। उनले १० पटक साउड फिल्मफेयर अवार्ड प्राप्त गरेका छन्।

उनी यस्ता स्टार हुन्, जसले आफ्नै वेबसाइट सञ्चालन गरेर आफ्ना इभेन्ट प्रमोट गर्ने प्रक्रिया थालेका थिए। कुनै समय चिरंजीवीको स्टारडम यस्तो थियो, उनले अमिताभ बच्चन भन्दा बढी पारिश्रमिक लिने गर्दथे। अमिताभको एक फिल्मको पारिश्रमिक एक करोड हुँदा चिरंजिवीले साढे १ करोड भारु पारिश्रमिक लिने गर्दथे।

चिरंजीवीको वास्तविक नाम कोनीडेला शिवशंकर वारा प्रसाद हो। आमाले नै नाम परिवर्तन गर्ने सल्लाह दिएपछि उनले आफ्नो नाम चिरंजीवी राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *