यूएइद्वारा नेपाललाई २ सय ५५ रनको लक्ष्य, सन्दिपको उत्कृष्ट प्रदर्शन

डिसी नेपाल
१४ भदौ २०७५ ५:४२

काठमाडौं। एशियाकप छनोटमा आफ्नो दोस्रो खेलमा नेपालले जीतको लागि २५५ रनको लक्ष्य पाएको छ ।

युएइसँग मलेसियाको किनरारा ओभलमा खेलिरहेको नेपालले केही बेरमा ब्याटिङ थाल्नेछ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको हो ।

युएइका लागि चिराग सुरीले सर्वाधिक ६५ रन बनाए । अदनान मुफ्तीले नटआउट ५७, अस्फाक अहमतले ५५ रमिज शहजादले ३५ रन बनाए । नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । २.४० को सर्वाधिक किफयती बलिङ गरेका सन्दिपले १० ओभरमा मात्रै २४ रन दिए । यस क्रममा उनले २ ओभर मेडन फाले । बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *