बार्सिलोनामा स्वारेजको स्थानमा फिर्मिन्हो !

डिसी नेपाल
२ कार्तिक २०७५ १६:५९

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले फरवार्ड लुइस स्वारेजको स्थानमा लिभरपुलका रोबर्टो फिर्मिन्हो भित्र्याउने तयारी गरिरहेको स्पेनिस मिडियाहरुले बताएका छन् ।

स्पेनिस मिडियाका अनुसार बार्सिलोनाले उरुग्वेका स्वारेजको स्थान लिन सक्ने खेलाडी खोजिरहेको बताएको छ । र, बार्सिलोनाले ब्राजिलियन फरवार्ड फिर्मिन्होलाई पहिचान गरेको समेत दाबी गरेको छ ।

मिडिया रिपोर्टस अनुसार बार्सिलोनाले फिर्मिन्होसंग पहिलो चरणको छलफल गरिसकेको छ । यस्तै बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होले स्वारेजको स्थानमा फिर्मिन्हो ल्याउन सुझाब दिएको समेत मेट्रो अनलाइनले जनाएको छ ।

स्वारेजको उमेर ढल्कदै गएको कारण उनको स्थानमा बार्सिलोनाले उपयुक्त खेलाडी खोजिरहेको हो । जसले लियोनल मेस्सीसंग सहकार्य गर्दै बार्सिलोनाको जितमा सहयोग पुग्ने विश्वास गरिएको छ। ३१ बर्षिय स्वारेज आगामी जनवरीबाट ३२ बर्ष पुग्दैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *