मन्त्रिमण्डल परिवर्तन हुन्छ, प्रधानमन्त्री परिवर्तन हुँदैनन् : नेता पौडेल

डिसी नेपाल
६ कार्तिक २०७५ १२:३१

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन् ।

उनले भने,‘प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ । तर, प्रधानमन्त्री परिवर्तन हुँदैन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने,‘सरकारको काममा प्रभावकारिता भएन् । अब योभन्दा अझै प्रभावकारिता हुनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा जनताले हामीसँग राखेका गुनासा र टिप्पणीहरु जस्ताको त्यस्तै राख्छौं ।

अब दशैंलगत्तै वातावरण तात्छ । सरकारले अब आफ्ना गतिविधिहरु बढाउँछ । सरकारले अब काम थाल्नुपर्छ ।’ यद्धपी उनले मान्छे फेरेर काममा प्रभावकारिता नआउने पनि स्पष्ट पारे ।

पौडेलले भने,‘अनुभवी टिम आवश्यक पर्यो भने मन्त्रिमण्डल पूनर्गठन हुन्छ । तर, अहिले प्रधानमन्त्री फेरिने सम्भावना छैन् । आवश्यक पर्यो भने मन्त्रीहरुको जिम्मेवारी अदलीबदली हुन्छ ।’
साक्षात्कारमा बोल्दै उनले मन्त्रीहरुले सुशासनलगायतका काममा तत्काल परिणाम देखाउनुपर्ने भएपनि त्यो देखाउन नसकेको गुनासो पोखे । उनले भने,‘सुशासन कायम गर्न त सकिन्छ नि, केले रोकेको छ ? मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै सुशासनलगायतका कामहरु कायम गरेर देखाउन सकिन्छ ।’

उनले वर्तमान सरकार सफल वा असफल, पास वा फेल भनेर भन्ने बेला अहिले नै भैनसकेको पनि जिकिर गरे । उनले भने,‘अहिले नै वर्तमान सरकारको बारेमा पास वा फेल भनेर टिक लगाउने र ईन्टु लगाउने बेला भएको छैन् ।

सरकारको बारेमा समिक्षा गर्न कम्तिमा पनि ३ वर्ष कुर्नुपर्छ । आलोचना गर्ने बेला भएको छैन् । तर, अहिले सरकारका बारेमा भैरहेका आलोचनाहरु मननयोग्य छन् । हामी अब समिक्षा गर्छौं । यसको मतलव यो होईन की, हिजो चकाचक थियो, यो सरकार आएपछि सबै बर्वाद भयो भन्ने अवस्था अहिले छैन् । कामहरु अब विस्तारै अघि बढ्छन् ।

वर्तमान सरकार संविधान कार्यान्वयन गर्ने कुरामा पूर्ण प्रतिबद्ध रहेको पनि उनले सुनाए । उनले भने,‘हामी संविधान कार्यान्वयन गराउन पूर्ण प्रतिबद्ध छौं । हामी दृढतापूर्वक संविधानको पक्षमा छौं ।’ सरकारको प्रभावकारिताबारे उठेका प्रश्नहरुबारे पार्टीले गम्भिर समिक्षा गर्ने बताउँदै उनले रेल, पानीजहाज, ठूला ठूला बाटाघाटाहरु भन्ने कुरा १२० दिनमै बन्न नसक्ने बताए ।

पौडेलले भने,‘हामीले चमत्कार नै गर्छौं भनेका छैनौं । काठमाडौं हुँदै लुम्बिनीसम्म रेल पुर्याउँछौं, र बिरगञ्जहुँदै काठमाडौंसम्मपनि रेल ल्याउँछौं भनेका छौं । यो कार्यान्वयन गर्न केही समय लाग्छ ।’

पछिल्लो समय जनताका गुनासाहरु एकपछि अर्को बढ्दै गैरहेकोले सरकार र पार्टी दुवै यस विषयमा अलिक बढि नै गम्भिर बन्नुपर्ने र त्यही अनुसारको समिक्षा गर्नुपर्ने उनको धारणा छ ।

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण दुःखद्, निन्दनीय र अमानवीय रहेको सुनाउँदै उनले यस विषयमा सरकारले अपराधी पत्ता लगाउन अनुशन्धानको काम गरिरहेको बताए । यद्धपी उनले यो प्रकरणमा सरकार र मन्त्रीहरुको कामबारे जोडेर विरोध नगर्न विपक्षी दलका नेताहरुलाई आग्रह समेत गरे । उनले भने,‘सामाजिक अपराधका घट्नाबारे सबै एकजुट भएर लाग्नुपर्छ ।

को प्रतिपक्षी ? को सत्तापक्षी भन्नुहुँदैन् । यदि सरकारले विकास निर्माणका काममा गलत गरेको छ भने आलोचना गर्न सकिन्छ । तर, यो घट्नामा सबै मिलेर अपराधी पत्ता लगाउनुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *