मेकअपले सामाजिक सञ्जालमा हिट हुँदै रोमानीका ६ आँखा
एजेन्सी । सामाजिक सञ्जाल हामी सबैले प्रयोग गरेको वृहत सञ्जाल हो। यो सञ्जालमा रम्न रुचाउनेहरुका बेग्लाबेग्लै शोख हुन्छन्। कसैले आफ्ना पीडा पोख्न सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् भने धेरैले आफ्ना प्रतिभा, कला, रुचीका विषयहरु सार्वजनिक गर्ने गरेका छन्।
साथीभाइसँग रमाइलो कुराकानी गर्न तथा मनोरञ्जनको लागि प्रयोग गर्ने पनि धेरै छन्। आफ्नो घुमघाम र चाहाका विषय सामाजिक सञ्जालमा प्रयोग गर्ने विषयवस्तु हुन्।
हुन्त, सामाजिक सञ्जाल कतिका टाइम पास त कतिका लागि दैनिक कार्य पनि हुने गरेको छ। धेरैले सामाजिक सञ्जाल एउटा कूलत भनेर टिप्पणी गरिरहेका बेला धेरैलाई यो सञ्जाल बरदान पनि सावित भइरहेको छ।
यसरी नै आफ्नो रुचीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै अहिले विश्व चर्चित बन्दै गएकी छन् मेकअप आर्टिस्ट रोमानी जाडे टुलोच।
उनी साधारण मेकअप आर्टिसट हुन्। आफ्नो रूचिको मेकअपका तस्वीर खिचेर राख्ने गर्थिन्। उनको यस प्रतिभालाई हजारौँले मनपराएका छन्। १९ वर्षिया रोमानी जाडे टुलोचले अहिले इन्स्टाग्राममा तहल्का नै मच्चाएका छन्।
उनको यस प्रकारको प्रतिभाको निकै चर्चा भइरहेको छ। अहिलेको इन्टरनेट सेन्सेन बनेकी छिन् रोमानी जाडे टुलोच। उनको फलोअर १ लाख ६० हजार भइसकेका छन्।
उनलाई इन्स्टाग्राम इन्फुअन्सर पनि मानिन्छ। उनको यसै ट्यालेन्टले नै उनलाई ‘प्रिन्स ट्रस्ट’ अवार्ड पनि दिएको थियो। उनको आफ्नो सोसल मिडिया पेज ‘ब्लुअप’ मा मेरो रूचि अब ‘फुल टाइम जब बनेको’ पोस्ट गरेकी छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment