स्टेजमा प्रचण्ड-माधव : नेकपाको कार्यक्रममा कुटाकुटको स्थिती (भिडियो)

डिसी नेपाल
१० कार्तिक २०७५ १२:५५

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आयोजक समुह र बष्किार गर्ने समुह बिच विवाद भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत अनुपस्थित रहेको कार्यक्रममा नेकपा भित्रकै चियापान वहिस्कार गर्ने समुहले कार्यक्रमस्थलमा धमाधम बहिष्कारको पर्चा वितरण गर्न थालेपछि तनावको स्थिती सिर्जना भएको हो। उनीहरुले वितरण गरिएको पर्चामा विभिन्न ५ बुँदे माग अघि सारिएको छ।

बहिष्कार पक्षले जारी गरेको ५ बुँदे मागमा एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५० र ५० को समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन गर्नुपर्ने र जनजीविकाको सवालमा कदम चाल्दै सुशासन कायम गर्न माग अघि सारिएको छ।

कार्यक्रम बहिष्कारको माग अगाडि सारेको भन्दै आयोजक नेकपाका कार्यकर्ताले कुटेपिट गरेको भिडियोमा कैद भएको छ। नेकपा कार्यकर्ता बिच झगडा भैरहका बैला नेपाल लाइभले कैद गरेले यो दृश्य हेर्नुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *