प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे देउवा

डिसी नेपाल
१२ कार्तिक २०७५ १४:०२

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सोमबार अपरान्ह महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर सभापति देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

प्र्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै सुधार आएको सभापति देउवाले जानकारी दिए। उनले प्रधानमन्त्री ओलीको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

सोमबार विहान छातीमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो। यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न वरिष्ठ चिकित्सक अरुण सायमीले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको खोकी समेत कम हुँदै गएको पनि उनले बताए । वरिष्ठ चिकित्सक सायमीले उहाँलाई ३ दिन अस्पतालमै राखेर उपचार गर्ने पनि बताए।

वरिष्ठ चिकित्सक सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टर सन्त दास सम्मिलित टोली प्रधानमन्त्री ओलीको उपचारमा खटिएका छन्।प्रधानमन्त्री ओली अस्वस्थ भई अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य अवस्था बुझ्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, कार्यकर्ताको अस्पतालमा भीड लागेको छ।

सामान्य ज्वरोकै कारण छातीमा समेत समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालनै भर्ना गर्नु परेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *