वेष्टइन्डिजलाई पराजित गर्दै भारत बन्यो सीरिज विजेता

डिसी नेपाल
१५ कार्तिक २०७५ १२:५०

एजेन्सी । घरेलु टोली भारतले वेष्ट इण्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । बिहिबार भएको पाँचौ तथा अन्तिम एकदिवसीयमा ९ विकेटको जित निकाल्दै भारतले सिरिज ३-१ ले जितेको हो ।

तिरुवनंतपुरममा वेष्टइण्डिजले दिएको १०५ रनको लक्ष्य भारतले १४ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा रोहित शर्माले अविजित ६३ रन जोड्दा कप्तान विराट कोहलीले अविजित ३३ रन जोडे । शिखर धवन ६ रनमा आउट भए । वेष्टइण्डिजका ओशाने थोमसले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज ३१ ओभर ५ बलमा अलआउट हुँदै १०४ रन बनाएको थियो । वेष्टइण्डिजका कप्तान जेसन होल्डरले २५, मार्लोन स्यामुएल्सले २४ तथा केमो पाउलले १६ रन जोडे ।

वेष्टइण्डिजलाई सस्तैमा रोक्न भारतका रबिन्द्र जडेजाले ४ विकेट लिए। यस्तै खलीलल अहमेद र जस्प्रित बुम्राहले समान २-२ विकेट लिए ।

यसअघि पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल बराबरी भएको थियो। तेस्रो खेल वेष्ट इण्डिजले आफ्नो बनाउदा चौथो खेल भारतले २२४ रनले जितेको थियो ।




प्रतिक्रिया

One thought on “वेष्टइन्डिजलाई पराजित गर्दै भारत बन्यो सीरिज विजेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *