नेपालको पोस्टमा पाकिस्तानले ४ गोल प्रहार गर्दा…

डिसी नेपाल
१५ कार्तिक २०७५ १२:५९

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी चौथो संस्करणको यू-१५ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानसंग ४-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा पहिलो हाफमा पाकिस्तानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा ४ गोल खायो। दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेको नेपालले खेलको ५३ औं मिनेटमा पहिलो गोल खाएको थियो। इफ्तिखर अहमेदले गोल गर्दै पाकिस्तानलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि पाकिस्तानले लगातार दुई पेनाल्टी पायो। खेलको ५९ औं मिनेटमा नेपालका जान लिम्बुले लडाएपछि पाएको पेनाल्टीमा मोबिह उल्हाले गोल गर्दै पाकिस्तानलाई २-० को अग्रता दिलाए। यस्तै जानले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित भयो।

खेलको ६९ मिनेटमा पाकिस्तानले पुनः पेनाल्टी पायो। नेपालका निवास फुयालले लडाएपछि पाएको पेनाल्टीमा पाकिस्तानका उल्हाले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए। खेलको ७८ औं मिनेटमा मोइन अहमेदले थप एक गोल गर्दै पाकिस्तानलाई ४-० को जित दिलाए। अब पाकिस्तानले फाइनलमा बंगलादेशसंग खेल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *