जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

डिसी नेपाल
१९ कार्तिक २०७५ ५:१९

पोखरा । एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ ।

प्रतियोगितामा अस्ट्रेलिया , इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ ।

सङ्घका महासचिव नवीन चालिसेका अनुसार प्रतियोगिताअन्तर्गत पहिलो सर्किटमा ३० पुरुष र २३ महिलासहित ५३ जना तथा दोस्रो सर्किटमा ३३ पुरुष र २५ महिलासहित ५८ खेलाडीले भाग लिने छन् ।

होटल टे«कर्स इनले मुख्य प्रायोजन गरेको प्रतियोगिता अङ्ग्रेजी नयाँ वर्षका समयमा हुने भएकाले यसले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *