आर्सनल अन्तिम ३२ मा प्रवेश

डिसी नेपाल
२३ कार्तिक २०७५ ३:५२

एजेन्सी । इंग्लिश क्लब आर्सनल युईएफए युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ ।

बिहिबार राति भएको समूह चरणको चौथो खेलमा स्पोर्टिङ लिस्बोनसंग बराबरी खेल्दै आर्सनलले नकआउट चरणमा स्थान बनाएको हो ।घरेलु मैदानमा पाएको मौका गुमाउदा आर्सनलले १० खेलाडीमा सिमित स्पोर्टिङसंग बराबरी खेलेको हो । बल पोजिसनमा पकड जमाएपनि आर्सनलले गोल गर्न सकेन् ।

खेलको ८७ औं मिनेटमा जेर्मी मेथ्युले रातो कार्ड पाएपछि स्पोर्टिङ १० खेलाडीमा सिमित भएको थियो । तर, आर्सनलले त्यसको फाइदा लिन सकेन ।यस्तै घरेलु मैदानमा आर्सनलका फरवार्ड ड्यानी वेलबेक घाइते बनेका थिए । खेलको ३० औं मिनेटमा एन्कल इन्जुरीका कारण वेलबेकले मैदान छाडेका थिए ।

इमिरेट्स स्टेडियममा स्पोर्टिङसंग बराबरीमा रोकिए पनि आर्सनलले नकआउट चरणमा स्थान बनाउन सफल भएको छ ।बराबरीपछि समूह ुईु को आर्सनलले ४ खेलबाट १० अंक जोडेको छ । स्पोर्टिङ ७ अंक जोडेर दोस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा क्वाराबागले भोर्स्क्लालाई १ ० ले हराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *