२०१९ को आइपिएल अघिल्ला वर्षभन्दा चाँडै सुरु हुने

डिसी नेपाल
२५ कार्तिक २०७५ ७:११

एजेन्सी। इण्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करण अघिल्ला वर्षहरुभन्दा चाँडै सुरु गर्ने तयारी गरिएको छ । विश्वकप क्रिकेटलाई ध्यानमा राख्दै आएपिएल अघिल्ला वर्षभन्दा चाँडै सुरु गर्ने तयारी गरिएको इएसपिएनक्रिकइन्फोले जनाएको छ । विश्वकप क्रिकेट मे ३० मा सुरु हुँदैछ । भारतले भने विश्वकपमा आफ्नो पहिलो खेल जून ६ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्देछ ।

भारतीय टिमका कप्तान विराट कोहली र कोच रवि शास्त्रीले बीसीसीआइको कमिटी अफ एडमिनिस्ट्रेटर्ससँग आइपिएल चाँडै सुरु गर्न आग्रह गरेका थिए । यसअघि कप्तान कोहलीले टिमका तीब्रगतिका बलर, खासगरी जसप्रित बुमराह र भुवनेश्वर कुमारलाई आइपिएलमा विश्राम दिन आग्रह गरेका थिए । तर, उपकप्तान रोहित शर्मा र आइपिएल फ्रेन्चाइजहरुले यो आग्रह अस्वीकार गरे । त्यसपछि कप्तान कोहलीले आइपिएल चाँडै सुरु गर्ने दोस्रो तरिका निकालेका हुन् ।

इएसपिएनक्रिकइन्फोको रिपोर्टअनुसार आइपिएलको आगामी सिजन मार्च २३ मा सुरु हुने सम्भावना बलियो छ । यसअघि आइपिएल मार्च ३० मा सुरु हुन्थ्यो । आइपिएलका चीफ अपरेटिङ अफिसर हेमांग अमिनका अनुसार नयाँ तालिकामा आइपिएल फ्रेन्चाइजहरु सहमत भएमा प्रतियोगिता चाँडै सुरु हुन सक्छ र यो त्यति कठिन पनि छैन । बीसीसीआइले आइपिएलको आगामी संस्करण भारतमै आयोजना गर्ने प्रयास गर्दैछ यद्यपि भारतमा आम चुनाव हुन लागेका कारण यो कठिन छ । निर्वाचन आयोगसँग परामर्शपछि मात्र आइपिएल भारतमै हुने वा बाहिर भन्ने निश्चित हुनेछ । यदि भारतमा हुन ननसकेमा आइपिएल दक्षिण अफ्रिकामा हुनेछ । यसका लागि बीसीसीआइले दक्षिण अफ्रिकी क्रिकेट बोर्डसँग परामर्श गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *