बंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट शुरु

डिसी नेपाल
२५ कार्तिक २०७५ ९:१९

ढाका । बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ । बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् ।

यसअघि गत साता सिल्हेटमा भएको पहिलो टेस्टमा जिम्बाबेले बंगलादेशलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

बंगलादेशले दोस्रो टेस्टका लागि तीन जना खेलाडी परिवर्तन गरेको छ । बंगलादेशी टिममा कप्तान रियाद सहित लिटोन दास, इमरुल कायेस, मोमिनुल हक, मोहम्मद मिथुन, मुस्ताफिजुर रहिम, अरिफुल हक, मेहिदी हसन, ताइजुल इस्लाम, खालिम अहमद र मुस्ताफिजुर रहमान रहेका छन् ।

जिम्बाबेका तर्फबाट कप्तान ह्यामिल्टन मासाकाड्जा, ब्रायन चारी, ब्रेन्डन टेलर, सिन विलियम्स, सिकन्दर रजा, पिटर मूर, रेजिस चाकाबभा, ब्रेन्डोन माभुता, डोनाल्ड टिरिपानो, काइल जार्भिस र टेन्डाई चतारा रहेका छन् ।

पहिले ब्याटिङ गरिरहेको बंगलादेशले ५५ ओभरमा तीन विकेट गुमाएर १९४ रन बनाएको छ । बंगलादेशका लागि मोमिनुल हक अविजित १०४ रन बनाएर क्रिजमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *