विश्वचर्चित खेलाडी लियोनल मेस्सीलाई अल्फ्रेडो र पीचीची अवार्ड प्रदान

डिसी नेपाल
२७ कार्तिक २०७५ ५:५८

काठमाडौं । विश्वचर्चित खेलाडी लियोनल मेस्सीले अल्फ्रेडो डि स्टेफानो र पीचीची अवार्ड प्राप्त गरेका छन् ।

स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्दै आएको अल्फ्रेडो डि स्टेफानो र पिचिची अवार्ड अर्जेन्टिनी खेलाडी तथा बार्सिलोनाका कप्तान मेस्सीले पाएका हुन् । सोमबार राति भएको कार्यक्रममा उनले सन् २०१७ र २०१८ को सिजन उत्कृष्ट खेलाडी बन्दै अल्फ्रेडो अवार्ड प्राप्त गर्न सफल भए ।

त्यस्तै, स्पेनिस ला लिगामा सर्बाधिक गोलकर्ता बन्दै उनले पिचिची अवार्ड पनि आफ्नै पोल्टामा पार्न सफल भए । त्यसो त मेस्सीले १० बर्षभित्र पिचिची अवार्ड पाचौं पटक जित्न सफल भएका हुन् ।

गत सिजन मेस्सीले मात्रै मेस्सीले बार्सिलोनाबाट ३६ खेलमा ३४ गोल गरेका थिए भने १२ गोलका लागि पास निकालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *