आईसिसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र इंग्ल्याण्ड विजयी

डिसी नेपाल
२८ कार्तिक २०७५ २:३३

एजेन्सी । आईसिसी महिला टी ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र इंग्ल्यान्डले जित निकालेका छन्। मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंका र इंग्ल्यान्डले बंगलादेशलाई पराजित गरे।

समूह ए मा रहेको दक्षिण अफ्रीकाले श्रीलंकालाई ७ विकेटले हराएको हो । श्रीलंकाले दिएको १०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । दक्षिण अफ्रिकाका मारिजान कप्पले ३८ तथा कप्तान डान भानले ३३ रन जोडिन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन जोडेको थियो । श्रीलंकाका शशिकला सिरीवर्दनेले २१ तथा दिलानी मान्डोराले २० रन जोडिन्। जितसंगै यस समूहमा दक्षिण अफ्रीकाले १ खेलबाट २ अंक जोडेको छ । श्रीलंकाले २ खेलबाट १ अंक जोडेको छ । दक्षिण अफ्रीका तेस्रो र श्रीलंका चौथो स्थानमा छ ।

यस समूहमा इंग्ल्यान्ड शीर्ष स्थानमा छ । इंग्ल्यान्डले सोमबार राति बंगलादेशलाई डिएल पद्दतिको आधारमा ७ विकेटले हराएको थियो । बंगलादेशले दिएको ७७ रनको लक्ष्यसहित इंग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहदा खेल बर्षाले रोकिएपछि खेलको निर्णय डिएलको आधारमा गरिएको हो । यस समूहमा इंग्ल्यान्डले २ खेलबाट ३ अंक जोडेको छ । पराजित बंगलादेश २ खेलमा पराजित हुँदै पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *