टी-ट्वान्टी महिला विश्वकप : श्रीलंकाद्वारा बंगलादेश पराजित

डिसी नेपाल
२९ कार्तिक २०७५ १३:०२

एजेन्सी । टी ट्वान्टी महिला विश्वकपमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २५ रनले हराएको हो ।

जितसंगै श्रीलंकाले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । बर्षाका कारण प्रभावित पहिलो खेलमा इङ्ल्याण्डसंग अंक बाँडेको श्रीलंकाले ३ अंक जोडेको छ ।

समुहमा श्रीलंका दोस्रो स्थानमा छ । इङ्ल्याण्ड २ खेलबाट ३ अंक सहित शीर्ष स्थानमा छ । बंगलादेश तीनै खेलमा पराजित छ । ९८ रनको लक्ष्य पछ्याएको बंगलादेश ७२ रनमा अलआउट भएको थियो । निगर सुल्तानले बनाएको २० रन टोलीको सर्वाधिक स्कोर रह्यो ।

यसअघि, पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९७ रन बनाएको थियो । शशिकला शिरिवार्दनेले टालीका लागि सर्वाधिक ३१ रन बनाएकी थिईन् । बंगलादेशकी जहानारा आलमले सर्वाधिक ३ विकेट लिईन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *