आगामी सिजनबाट इंग्लिश प्रिमियर लिगमा भिडियो असिस्टेन्ट रेफ्री लागु हुने

डिसी नेपाल
३० कार्तिक २०७५ ५:२६

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आगामी सिजनबाट भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि लागु हुने भएको छ ।

प्रिमियर लिगका क्लबहरु भीएआर प्रविधि प्रयोग गर्न सहमत भएसंगै आगामी सिजनबाट प्रिमियर लिगमा भीएआर प्रयोग हुने भएको हो ।

भीएआर प्रयोग गर्न क्लबहरु सहमत भएसंगै प्रिमियर लिगमा यो प्रविधि प्रयोगका लागि फिफाको नियम बनाउने संस्था अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड र फिफालाई प्रस्ताव गरेको छ ।

यस सिजन भने प्रिमियर लिगमा ट्रायलको रुपमा भीएआर प्रयोग हुने बताईएको छ । भीएआर प्रविधि विश्वकपमा समेत प्रयोग भईसकेको छ । यसै बर्ष रुसमा सम्पन्न विश्वकपमा यो प्रविधि प्रयोग गरिएको थियो ।

यस्तै आगामी सिजनबाट च्याम्पियन्स लिगमा समेत यो प्रविधि लागु हुँदैछ । अहिले जर्मन बुन्डेस लिगा, इटालियन सिरी ए लिगमा भीएआरको प्रयोग भईरहेको छ । इंग्ल्याण्डमा भने एफए कप र काराबाओ कपमा यो प्रविधि प्रयोग भईसकेको छ ।

भीएआरले खेलका दौरान उत्पन्न हुने विवादास्पद घटनाहरु, विवादपूर्ण गोल, पेनाल्टीबारे सत्यता दिने गर्छ । यस प्रविधिले उक्त घटनाको दृश्यहरु रेफ्रीलाई उपलब्ध गराउनेछ । उक्त दृश्य हेरेर रेफ्रीले सहि निर्णय लिने गर्दछन् ।

तर, पछिल्लो समय भने भीएआरले फुटबलको सुन्दर पक्ष बिगारेको भन्दै भीएआरको विरोध समेत हुँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *